पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक स्थगित

कात्तिक १० । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक बिहीबार फेरि बस्ने गरी स्थगित भएको छ ।
बुधबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा प्राधिकरणले हालसम्म गरेका काबारे जानकारी गराउनुका साथै राहत र पुनःनिर्माणका विविध विषयमा छलफल भएको बताइएको छ ।
बैठकमा भूकम्पबाट बढी क्षति पुगेका जिल्लामा राहतको काम करिब अन्तिम चरणमा पुगेको र बाँकी प्रभावित जिल्लामा अनुदान वितरण गर्ने विषयमा छलफल भएको छ । बैठकमा समिति अध्यक्ष पुष्पकमल दाहाल सदस्यहरु, प्राधिकरणका प्रमुख कार्यकारी, मुख्य सचिव लगायत सहभागि थिए ।
प्राधिकरणको स्थगित भएको बैठक बिहीबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।
pm pushpa kamal dahal prachanda
punanirman pradhikaran ko baithak sthagit
singhadarbar
