ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कात्तिक – १० । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रुपन्देहीको बसन्तपुर ९ बाइपासमा लु १ ख ४८८७ नम्बरको ट्रकले ग ९ प २९७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक, तनहुँ ढोरफिर्दी ३ का ३३ वर्षीय नवान पन्डेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
ठक्कर दिने ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया सुरु गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
Death
durghatanama achalakko mirtue
motercycle
Rupandehi
