News

चितवनमा डेँगुको त्रास बढेपछि विद्यालय बन्द गरियो

चितवनमा डेँगुको त्रास बढेपछि विद्यालय बन्द गरियो
कात्तिक - १० । चितवनमा डेँगुको त्रास बढेपछि विद्यालय बन्द गरिएको छ । डेँगुको संक्रमण बढ्दै गएका कारण पूर्वी चितवनको रत्ननगर र कालिका नगरपालिकाका विद्यालय बुधबारदेखि बन्द गरिएका हुन् । dengue डेंगुको सक्रमण बढेपछि विद्यार्थी डरले विद्यालय आउन नसकेका कारण तिहारपछि मात्र खुल्नेगरी विद्यालय बन्द गरिएको हो । अहिलेसम्म चितवनमा तीन सय ६७ जनामा डेँगुको संक्रमण देखिएको छ । जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले वर्षे र हिउँदे बिदामा मिलाउने गरी डेँगु प्रभावित क्षेत्रका विद्यालय बन्द गरिएको जानकारी दिए । रत्ननगर नगरपालिका र कालिका नगरपालिका डेंगुको उच्च जोखिममा रहेका छन् । भदौको अन्तिम सातादेखि कात्तिक महिनासम्मको बिरामीको तथ्यांक हेर्दा डेँगुको संक्रमण नघटेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका रेक्टर कन्ट्रोलर राम केसीले बताए । उनका अनुसार बिरामी तीन सय ६७ मध्ये ८० प्रतिशत भन्दा बढी बिरामी पूर्वी चितवनको रत्ननगर क्षेत्रको रहेको जानकारी दिए । जिल्लाका सहरी क्षेत्रमा डेँगु रोगले महामारीको रुप लिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले लामखुटेका लार्भा खोज र नष्ट गर अभियान चलाएको छ । अभियानमा ९० जना स्वयंसेवकसहित झण्डै १३० जना स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।

bidhyalaya Chitwan dengu

विशेष