टाइटानिक पानीजहाजको एउटा साँचोको मूल्य ७० लाख डलरमा लिलामी
कात्तिक–१० । टाइटानिक पानीजहाजको लाइफ ज्याकेट लकरको एउटा साँचो १ करोड १२ लाख रुपैयाँ (७० लाख डलर)मा बिक्री भएको छ ।
एक सय चार वर्षअघि एटलांटिक महासागरमा डुबेको टाइटानिक जहाजको यो साँचो तेश्रो श्रेणीका कर्मचारी सिड्नी सेडुनेरीको थियो । उनको पनि जहाज डुब्दा मृत्यु भएको थियो । ‘लकर १४ एफ डेक’ को यो साँचो २३ वर्षी सिडनीको शव बरामद भएपछि उनकी पत्नीलाई दिइएको थियो ।
लिलामीकर्ता एन्ड्रूज एंल्ड्रिजले यो साँचो करिब ५० लाख (डलर)मा बिक्ने अनुमान लगाएका थिए । उनले भने ‘यत्रो रकममा बिक्नु साँचोको विशेषता हो ।’ यो साँचोको लिलामी गएका वर्षहरूमा टाइटानिकलाई सम्झाउने अन्य कतिपय वस्तुहरूको लिलामीमध्ये सबैभन्दा ठूलो भएको बताइएको छ ।
यो लिलामीमा जहाजका प्रमुख अधिकृत हेनरी विल्डेको पत्रहरूको संग्रह ५ लाख पाउण्डमा बिक्री भएको थियो । डेविनेसमा भएको लिलामी कार्यक्रममा साँचोसमेत जहाजको सम्झना गराउने २ सय बढी चिजको बिक्री गरिएको थियो । गत वर्ष जहाज डुब्दा बचेको विस्कुटको मूल्य १५ हजार पाउण्ड लगाइएको थियो भने जहाजको घटनासँग जोडिएको एउटा फोटो २१ हजार पाउण्डमा लिलामी भएको थियो ।
यो फोटो त्यो हिमखण्डको थियो जसमा ठोक्किदा टाइटानिक दुर्घटना भई डुबेको थियो । यो फोटो त्यो हिमखण्डबाट जाँदै गरेको अर्को जहाजबाट लिइएको थियो । टाइनिक आफ्नो पहिलो यात्राकै दौरान एटलांटिक महासागर पार गर्दै गर्दा एक हिमखण्डमा ठोक्किएर डुबेको थियो । २ हजार २ सय यात्रु सवार यो जहाज डुब्दा १ हजार ५ सय १७ यात्रुको मृत्यु भएको थियो ।
–एजेन्सी
taianic sheap