इरानले बनायाे 'चालक बिहीन बिमान'

कात्तिक १० । इरानको विशिष्ट विभोलुसनरी गार्डले बुधबार आफूले ‘चालक बिहीन विमान’को निर्माण गरेको बताएको छ।
उक्त विमानले जमिनबाट जमिन र पानीमा पनि आक्रमण गर्नसकिने इरानले जनाएको छ। यो विमानले युद्धका बेला विस्फोटक पदार्थ बोक्ने बमकै रुपमा प्रयोग हुने गार्डसँग नजिक मानिने तसिम न्यूज एजेन्सीले जनाएको छ। पानीको सतहमाथि द्रुत गतिमा उड्न सक्ने यस ड्रोनले आफ्नो निशानामा पुगेपछि विस्फोट हुने क्षमता राख्ने बताइएको छ।
विमानले भारी मात्रामा विस्फोटक पदार्थ राखी उड्नसक्ने क्षमता राख्छ र पानीको सतहदेखि दुई फिट माथिबाट २५० किलोमिटर प्रतिघण्टाका दरले उड्न सक्छ।
अत्याधुनिक क्यामरा जडान गरिएको यस ड्रोनलाई रातिमा वा दिनमा कुनै समयमा पनि प्रयोग गर्न सकिने तसिमले जनाएको छ।
atmaghati plane banayo
drone
Iran
