ताजा खबर विदेश News

ओबामालाई आफ्नै छोरीले गिज्याएपछि…

ओबामालाई आफ्नै छोरीले गिज्याएपछि…

obama

कात्तिक ११ ।  अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नी कान्छी छोरीले ‘स्न्यापच्याट’ मा आफूलाई गिज्याएको खुलासा गरेका छन् ।

कान्छी छोरी सासाले एक पारिवारिक रात्रिभोजका क्रममा सामाजिक सञ्जालबारे भइरहेको कुराकानी रेकर्ड गरेको र त्यसबारे आफ्ना साथीहरुसँग सुटुक्क प्रतिक्रिया पोष्ट गरेको ओबामाले बताए । राष्ट्रपतिले आफ्ना १५ वर्षीया छोरीको अनलाइन गतिविधिबारे बताएको यो पहिलो पटक होइन् ।

गत जुलाईमा सासाले टीटसमेत गर्ने एव्र थुप्रै सञ्चारमाध्यमले उनको एकाउन्ट पत्ता लगाउन कोसिससमेत गरेको उनले बताए । उनको एकाउन्ट अहिलेसम्म रहस्यकै विषय छ ।

Obama

विशेष