ताजा खबर News समाज

तीन ठाउँमा यातयात कार्यालय खुल्ने

तीन ठाउँमा यातयात कार्यालय खुल्ने

nepali-drivers-licence

कात्तिक ११ ।  उपत्यकाको कलङ्की, चावहिल र सूर्यविनायकमा थप तीनवटा यातायात कार्यालय खुल्ने भएका छन् ।

सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स) लिनेहरूको चाप बढेर सेवाग्राहीले सास्ती भोग्नु परेपछि सरकारले तत्काल थप कार्यालयहरू स्थापना गरेर छिटो र सहज सेवा प्रदान गर्न भदौ ६ गते निर्देशन दिएको थियो । निर्देशनपछि १५ दिनभित्र थप कार्यालय सञ्चालनमा आउने बताइए पनि अढाई महिनामा बल्ल कार्यालय खोल्ने स्थानको टुङ्गो लागेको हो ।

यातायात व्यवस्था विभागका अनुसार उक्त तीन स्थानमा सञ्चालन हुने यातायात व्यवस्था कार्यालयले एकान्तकुनामा रहेको कार्यालयले जस्तै सवारी साधनसम्बन्धी सबै काम गर्ने छन् ।

कार्यालय स्थापनाका लागि बजेट र दरबन्दी स्वीकृत भइसकेको विभागका निर्देशक निरञ्जन रिजालले बताए । उनका अनुसार थप कार्यालयमा उपसचिवको नेतृत्वमा २६ देखि २८ जना कर्मचारी रहनेछन् । थप कार्यालय खोल्ने क्षेत्रहरूको किटान गरिए पनि कार्यालय राख्ने काम अझ बाँकी छ ।

विशेष