गाईको बाच्छी मार्नेलाई १२ वर्ष कैद
कात्तिक ११ । गाईको बाच्छी काटेको ठहर गरी बाग्लुङका इन्द्रबहादुर नेपाली र सकस विश्वकर्मालाई सर्वोच्च अदालतले जनही १२ वर्ष कैद गर्ने फैसला गरेको छ।
सर्वोच्च अदालतका न्यायाधिशहरु चालेन्द्रशमशेर जबरा र दीपककुमार कार्कीको संयुक्त इजलासले नेपाली र विश्वकर्माले गाईको जिउँदो बाच्छी काटेको ठहर गरी उनीहरुलाई जनही १२ वर्ष कैद गर्ने फैसला गरेको हो।
नेपाल समाचारपत्र