खेल ताजा खबर News

म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश, म्यानचेस्टर सिटी २–१ गोल अन्तरले पराजित

म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश, म्यानचेस्टर सिटी २–१ गोल अन्तरले पराजित

manu

कात्तिक ११ । म्यानचेस्टर युनाइटेड लिग कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको प्रिक्वाटरफाइनलको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई हराएर अन्तिम ८ मा स्थान बनाएको हो । निकै प्रतिस्पर्धात्मक म्यानचेस्टर डर्बीमा युनाइटेडलाई जिताउन आन माटाले गोल गरे ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५४ औं मिनेटमा माटाले गरेको गोल नै युनाइटेडको जितमा निर्णायक बन्यो । यो खेललाई युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो र सिटीका प्रशिक्षक पेप गार्डिवला बिचको प्रतिस्पर्धाका रुपमा पनि लिइएको थियो । गार्डिवलाको सिटीले गोल गर्ने ९ वटा मौका सिर्जना गरेको थियो । तर गो भने गर्न सकेन ।

यस्तै युनाइटेडका पउल पोग्बाले प्रहार गरेको बल पनि गोलमा परिणत हुन सकेन । युनाइटेडको यो पछिल्ला पाँच खेलमा दोस्रो जित हो । यस्तै सिटी सबै प्रतियोगितामा गरेर पछिल्ला ६ खेलमा विजयी हुन सकेको छैन । गार्डिवलासँगका अहिलेसम्मका १८ भेटमा मोरिन्होको यो चौथो जित हो । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको म्यानचेस्टर डर्बीमा व्यहोरेको हारको बदला पनि लिएको छ । गएको सेप्टेम्बर १० मा प्रिमियर लिग अन्तर्गत भएको म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई २–१ ले हराएको थियो ।

Premiar leauge

विशेष