ताजा खबर विदेश News

सिरियामा हवाइ हमला २० जना स्कुले बालबालिकाको मृत्यु

सिरियामा हवाइ हमला २० जना स्कुले बालबालिकाको मृत्यु
siriya कात्तिक ११ । सिरियाको उत्तर क्षेत्रमा विद्रोहीले कब्जा गरेको इदलिबमा गरिएको हवाई आक्रमणमा परी २० जना स्कुले बालबालिकाको मृत्यु भएको छ । हवाई आक्रमणमा रुसका युद्धक विमानको संलग्नता रहेको हुनसक्ने बताएको छ । युनिसेफले जानीजानी स्कुललाई निशाना बनाएर आक्रमण गरिएको भए यो युद्ध अपराध हुने जनाएको छ । सिरियाको सरकारी टेलिभिजन च्यानलले चरमपन्थीहरुको इलाकामा हमला गरिएको र चरमपन्थीहरुकै मृत्यु भएको जनाएको छ

Siriya

विशेष