खेल ताजा खबर News

भारतलाई न्यूजिल्याण्डले हरायो, धोनी भन्छन्, हाम्रो मिडल अर्डरमा अनुभवी खेलाडी भएनन्

भारतलाई न्यूजिल्याण्डले हरायो, धोनी भन्छन्, हाम्रो मिडल अर्डरमा अनुभवी खेलाडी भएनन्

india

कात्तिक—११ राँची वनडेमा न्यूजिल्याण्डद्धारा भारत १९ रनले पराजित भएको छ । न्युजिल्याण्डले पाँच एकदिवसीय श्रृखलामा २—२ को बराबरी गरेको छ ।चौथो एकदिवसीयमा जितका लागि २६१ रनको लक्ष्य पछ्याएको भारतीय टिम ४८.४ ओभरमा २४१ रन बनाएर अलआउट भयो । जसका लागि अजिन्क्या रहाणेले सर्वाधिक ५७ रन बनाए ।

विराट कोहलीले ४५ रन जोडे भने अक्षर पटेलले ३८ रनको योगदान दिए । न्यूजिल्याण्डका टिम साउदीले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २६० रन बनाएको थियो । उसका लागि ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ७२ रन बनाए । कप्तान केन विलियम्सनले ४१ रन जोडे । एक समय न्युजिल्याण्डको स्कोर ३५ ओभरमा २ विकेटको क्षतिमा १८४ रन थियो ।

आफ्नो हारको बारेमा भारतीय क्रिकेट टीमका कप्तान महेन्द्रसिंह धोनीले आफ्ना मिडल अर्डरका खेलाडिको अनुभव कम भएकोले आफ्नो हार भएको बताएका छन् ।

crickert

विशेष