News

ट्रककाे ठक्करबाट २ काे मृत्यु

ट्रककाे ठक्करबाट २ काे मृत्यु
कात्तिक - ११ । बर्दियाको धधवार–६ माथिल्लो वनगाई चोकमा धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना६ख ६२६७ नम्बरको ट्रक र सोको विपरीत दिशाबाट आउँदै गरेको रा१प ७८३३ नम्बरको मोटरसाइकल एकअापसका ठक्कर खाँदा मोटरसाइकलमा सवार दुईको मृत्यु र एक घाइते भएका छन् । road-accident-logo मृत्यु हुनेमा बर्दिया धधवार गाविस–३ कतर्निया बस्ने २१ वर्षीय अर्जुन थारु र बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय युवराज थारुको घटनास्थलमै मृत्यु भएको हो । बर्दिया धधवार–३ कतनियाँ गाउँ निवासी २३ वर्षीय सञ्जय थारु घाइते भएका छन् । उनको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । ट्रक चालक कैलाली जिल्लाको हसिनिया बस्ने धनिराम चौधरी र ट्रक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

Accident Bardiya Death Kailali motercycle truck

विशेष