पाकिस्तानी उच्च आयुक्तका एक अधिकृतसहित तीन जना पक्राउ

कात्तिक ११ । दिल्ली पुलिसले पाकिस्तानी उच्च आयुक्तका एक अधिकृतसहित तीनजनालाई गोप्य दस्तावेजसहित पक्राउ गरेको जनाएको छ ।
भारतविरुद्ध जासुसी गरेको अभियोगमा ती अधिकृतसहित तीनजनालाई पक्राउ गरेर दिल्ली पुलिसले हिरासतमा लिएको हो ।
त्यसैगरी दिल्ली पुलिसले दुई पाकिस्तानी जासुसलाई गिरफ्तार गरेको दाबी गरेको छ । उनीहरुको नाम मौलाना रमजान र जहाङ्गीर बताइएको छ । भारतीय जासुसी निकायले दिएको सूचनाका आधारमा दिल्ली पुलिसले यो कदम चालेको हो ।
जानकारी अनुसार इन्टेलिजेन्स ब्यूरो (आईबी लाई पाकिस्तानी उच्चायुक्तका अधिकृत महमूद अख्तरसँग भारतका गोप्य दस्तावेज रहेको थाहा भएपछि पक्राउ गरिएको हो ।
दिल्लीको चाणक्यपुरी थानामा अख्तरसँग बयान लिइएको छ । पक्राउ परेका सबैसँग बयान लिइरहेको भारतीय सुरक्षा निकायले जनाएका छन् ।
भारतीय विदेश मन्त्रलायले यस घटनाबारे पाक राजदूत अब्दुल बासितलाई स्पष्टिकरण सोधेको छ । भारत र पाकिस्तान दुबैले यसअघि पनि कुटनीतिक अधिकारीहरुलाई जासुस भन्दै पक्राउ गर्ने गरेका छन् ।
India
Pakistan
pakistanka jasus indiama pakarau
