भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय

कात्तिक ११ । भारत र चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दुई छिमेकी देशका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदैछन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण भने टुंगो लागिसकेको छैन ।
बैठकले थानकोट–चित्लाङ सडक खण्डको स्तरोन्नति गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।
यसैगरी मन्त्रिपरिषद् बैठकले घरेलु तथा साना उद्योग विकास समितिको सञ्चालक समिति अध्यक्षमा सिन्धुली झाँगाझोलीका दीपेन्द्र आचार्यलाई नियुक्ति गरेको छ ।
bharat ra china ka rastra pramukh nepal aauda sarbajanik bida
China
India
