News

दार्चुलाका बमलाई आममाफी दिन युएईका राजदूतसँग प्रधानमन्त्रीको आग्रह

दार्चुलाका बमलाई आममाफी दिन युएईका राजदूतसँग प्रधानमन्त्रीको आग्रह

कात्तिक - ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीसँग युएईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाएका दार्चुलाका अमर बमलाई आममाफीको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन् ।

राजदूत नक्वीले नेपाल र युएई पुराना मित्र भएकोले दुई देशको सम्बन्ध प्रधानमन्त्रीको चासोबारे आफू युएई फर्केर छलफल गर्ने बताएका छन्। भेटमा प्रधानमन्त्री दाहाललाई राजदूत नक्वीले सन् २०१७ जनवरी १६ मा युएईमा हुने वर्ल्ड फ्युचर इनर्जी समिटका लागि निमन्त्रणाद पनि दिएका छन्। राजदूत नक्वीले उर्जा सम्मेलनबाट नेपालले प्रशस्त लाभ लिन सक्ने भन्दै त्यसका लागि नेपाललाई पहिलोपटक निमन्त्रणा गरेको बताए। बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा नेपाल–युएई सम्बन्ध र द्वीपक्षीय हितका विषयमा छलफल भएको थियो।

pm pushpa kamal dahal prachanda UAE

विशेष