विदेश

ब्राजिलकाे शहर रियोमा प्रहरी कारबाहीबाट ४ हजार नागरिकले ज्यान गुमाए

ब्राजिलकाे शहर रियोमा प्रहरी कारबाहीबाट ४ हजार नागरिकले ज्यान गुमाए
कात्तिक - ११ । सार्वजनिक सुरक्षा संस्थाले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार रियोमा ६ बर्षको अवधिमा प्रहरी कारबाहीमा झण्डै ४ हजार नागरिक मारिएका छन्। अत्यधिक पर्यटकहरुको गन्तव्य बन्दै आएको ब्राजिलको मुख्य सहर रियोको वास्तविक दृश्य यस तथ्याङ्कले प्रष्ट पारेको सञ्चारमाध्यमले जनाएको छ। police सन् २०१० देखि अहिले सम्ममा ३ हजार ९ सय ८५ जना मानिस प्रहरीद्धारा मारिएका छन्। त्यसमा पनि यस बर्षको जनवरीदेखि अगस्ट सम्म मात्रै ५ सय ४४ जनाको प्रहरीकै कारण मृत्यु भएको छ। ब्राजिलमा सन् २०१५ मा प्रहरीबाट ६ सय ४४ जनाको मृत्यु भएको तथ्याङ्क सो संस्थाले दिएको छ। विगत ६ बर्षको अवधिमा सन् २०१० मा सबैभन्दा धेरै ब्राजिली नागरिकको मृत्यु भएको जनाउदै उक्त बर्षलाई खराब बर्षको रुपमा प्रस्तुत गरिएको छ। सन् २०१० मा ८ सय ५५ जनाको मृत्यु भएको थियो। यी सबै मृत्युका घटना सन् २०१६ को ओलम्पिक आयोजना गरिएको सहर ब्राजिलको राजधानी रियोमा मात्र भएका हुन्। गत बर्ष भन्दा यस बर्ष २४ प्रतिशत बढीको प्रहरी कारबाहीमा मृत्य भएका जनाइएको छ।

brazil police Death reo di jenerio

विशेष