शेयर

नेप्से परिसुचक ६.२५ अंकले बढ्याे

नेप्से परिसुचक ६.२५ अंकले बढ्याे
कात्तिक – ११ । बुधबारदेखि सेयर बजार उकालो लागेको छ । दसैंपछि निरतर ओर्लिएको नेप्से परिसुचक बिहिबार ६.२५ अंकले बढेर १७५९.७१ अंकमा पुगेको हो । बैंक, विकास बैंक, जलविद्युत र अन्य कम्पनी उपसूचक उकालो लागे पनि होटल, फाइनान्स र अन्य कम्पनी उपसूचक भने ओरालो लागेका छन् । साताको अन्तिम कारोबार दिन १३६ कम्पनीको ६९ करोड ६४ लाख रुपैयाँ बराबरको एक लाख एक हजार कित्ता सेयर किनबेच भयो । सर्वाधिक जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले गरेका छन् । यस बैंकका लगानी कर्ताले १० प्रतिशत कमाइ गरेका हुन् । यस्तै भिवोर सोसाइटी डेभलपमेन्ट बैंक, सिभिल बैंक र सिर्जना फाइनान्सको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ । बजार अब एकै पटक अर्को बिहिबार खुल्नेछ ।

share market

विशेष