विदेश

बालबालिकासहित दर्जनौ शरणार्थी आकाशमुनि रात बिताउन बाध्य

बालबालिकासहित दर्जनौ शरणार्थी आकाशमुनि रात बिताउन बाध्य
कात्तिक - १० । फ्रान्सको जङ्गलमा अस्थायी वस्ती बनाई बसेका शरणार्थीका टहरा फ्रान्स सरकारद्वारा एक्सकाभेटर लगाई भत्काई दिएपछि बालबालिकासहित दर्जनौ शरणार्थी खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन्। refugee-camp प्रशासनद्वारा कालाइसिस र वरपरका क्षेत्रमा रहेका शरणार्थीका यसै साता नाटकीय रुपमा भत्काइदिएको थियो। बाँकि अस्थायी शिविरलाई पनि हटाउने अभियानमा प्रशासन लागेपछि आफूहरु समस्यामा परेको, एक अफगानी किशोरले बताए। यसैबीच, फ्रान्सको गृह मन्त्रालयले कालाइसिस र वरपर रहेको जङ्गली क्षेत्रलाई सफा गरी पाँच हजार आप्रवासीलाई अन्यत्र सारिएको जनाएको छ। refugee-in-france तर करिव एक सय आप्रवासीले आफ्ना नातेदार बेलायतमा रहेको भनी त्यसतर्फ जाने योजना अन्तर्गत जर्वजस्ती जङ्गल क्षेत्रमा बसिरहेको प्रशासनको दावी छ। हामीले जङ्गली क्षेत्रमा रहेको शरणार्थीलाई त्यहाँबाट अन्यत्र जानका लागि अन्तिम अवसर प्रदान गर्दै गाडीको प्रवन्ध गरिदिएका छौँ र यो हाम्रो अन्तिम आग्रह हुनेछ, फ्रान्सेली अधिकारीले बताए।

France Refugee problem

विशेष