'महाअभियोग प्रस्तावबारे पार्टी बैठकपछि निर्णय हुन्छ' - राप्रपा अध्यक्ष राणा

कात्तिक - ११ । राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले अख्तियार प्रमुखका विरुद्ध ल्याइएको महाअभियोग प्रस्तावबारेमा पार्टी बैठकपछि निर्णय लिइने बताएका छन्र।
रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा उनले सो विषय अदालतमा विचाराधीन रहेकाले दलहरुले हतार गर्न आवश्यक नभएको बरु संविधान कार्यान्वयन गरी निर्धारित समयमा चुनाव सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
भूकम्पबाट प्रभावित जनतालाई राहत तथा भूकम्पले भत्काएका संरचनाको पुनःनिर्माणमा लाग्नुपर्ने बेला दलहरु अन्य विषयमा अल्मलिन नहुने उनको भनाइ थियो ।
नेपाली काँग्रेसका नेता दीपक खड्काले महाअभियोग प्रस्तावमा रहस्य लुकेको आशङ्का व्यक्त गर्दै महाअभियोग सिफारिस समितिको निर्णयपछि त्यसबारे पार्टीले धारणा सार्वजनिक गर्ने बताए।
महाअभियोग सिफारिस समितिमा सदस्य समेत रहेएका राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफ्नो पार्टीका अध्यक्ष विदेश भ्रमणबाट फर्केपछि बस्ने बैठकले प्रस्तावको पक्ष तथा विपक्षमा मतदान गर्नेबारे निर्णय लिने जानकारी दिए।
नेकपा ९माओवादी केन्द्र०का नेता मणि थापाले प्रस्ताव ल्याउँदा केही प्राविधिक त्रुटि भएको स्वीकार्दै सो प्रस्ताव कसले ल्यायो भन्दा पनि प्रस्तावमा के छ रु भन्ने विषय महत्वपूर्ण हुने बताए।
pashupati samsher rana
Raprapa
