News

कछुवाको गतिमा परीक्षा बोर्ड, नतिजा आउने बेलामा ११ को उत्तरपुस्तिका परीक्षण गर्दै

कछुवाको गतिमा परीक्षा बोर्ड, नतिजा आउने बेलामा ११ को उत्तरपुस्तिका परीक्षण गर्दै
कात्तिक–११ । राष्ट्रिय परीक्षा बोर्ड (एनइबी)ले बल्ल कक्षा ११ को उत्तरपुस्तिका परीक्षण सुरु गरेको छ । गत जेठ २ देखि १२ गते सम्म चलेको कक्षा ११ को परीक्षाको तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्ले सार्वजनिक गरेको शैक्षिक कार्यतालिका अनुसार कात्तिक मसान्तमा नतिजा प्रकाशन गर्नुपर्ने हो । hseb एनइबीका अनुसार जेठमा लिएको परीक्षाको दसैं अघिबाट मात्रै उत्तरपुस्तिका परीक्षण सुरु गरेको हो । कक्षा ११ मा तीन लाख ६९ हजार ४ सय २६ परीक्षार्थी सहभागी भएका छन् । कक्षा १२ को नियमित र आशिंकको नतिजा प्रकाशन, मौका परीक्षाको तयारी, सञ्चालन र नतिजाको तयारीले गर्दा ११ कक्षाको ढिलाई हुने गरेको परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताए । परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको मौका परीक्षाको नतिजा सार्वजनिक भएलगत्तै कक्षा ११ को आशिंक परीक्षार्थीको नतिजा सार्वजनिक हुनेछ भने नियमितको अलि ढिलो हुन्छ । कार्यतालिकाअनुसार कक्षा १२ को वैशाख दोस्रो साता लिएको परीक्षाको नतिजा साउन मसान्तमा सार्वजनिक गर्ने र बैशाख मसान्तमा लिएको कक्षा ११ को परीक्षाको नतिजा कात्तिक मसान्तमा गर्ने उल्लेख छ ।

HSEB NEB

विशेष