ताजा खबर विदेश News

राष्ट्रपतिको चुनाव रद्द गर्नु पर्छ : ट्रम्प

राष्ट्रपतिको चुनाव रद्द गर्नु पर्छ : ट्रम्प

Donald Trump कात्तिक १२ । अमेरिकी राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव रद्द गर्नुपर्ने बताएका छन् । ड्रम्पले सुझाव दिँदै भनेका छन् यो चुनाव रद्द गर्नुपर्छ, हिलारी क्लिन्टनका पक्षमा लगातार प्रचारबाजी भएकाले पनि चुनाव रद्द गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन् ११ दिनअघि हाम्रो पार्टी रिपब्लिकन भोट माग्न जाँदा प्रहरीले दमन गर्नुका साथै हाम्रो -यालीमाथि पनि आक्रमण गरेको समाचार इन्डेपेन्डेन्टले छापेको छ । त्यस्तै ट्रम्पले हिलारीको बिजनेस प्रपोजलको आलोचना गर्दै आफू मात्र सही रहेको पनि बताएका छन् । त्यसकारण पनि यो चुनाव रद्द गर्नु पर्ने उनको तर्क छ ।

त्यस्तै ट्रम्पले बिहीबार ट्वीट गर्दै लेखेका छन् , ‘टेक्सासमा किन मत उल्टियो, म सोध्छु यो किन भइरहेका छ ?’ पूरानो भोटिङ मेसिनका कारण यस्तो भएको छ । यो भन्दा पहिलाको चुनावमा पनि भोटिङ मेसिनका कारण यस्तै समस्या आएको थियो । जसका कारण गलत उमेद्वार निर्वाचत भएका थिए ।

Donald Trump

विशेष