ताजा खबर News समाज

सरकारले भारतीय राष्ट्रपति नेपाल आउँने दिन सार्वजनिक विदा दिने निर्णयको चर्को विरोध

सरकारले भारतीय राष्ट्रपति नेपाल आउँने दिन सार्वजनिक विदा दिने निर्णयको चर्को विरोध

pranab-mukherjee

कात्तिक १२ । सरकारले भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन आगामी कात्तिक १७ गते सार्वजनिक बिदा दिन गरेको निर्णयप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

निकटका छिमेकीप्रति सम्मान जनाउन त्यस्तो निर्णय गरेको सरकारले जनाएको छ । बिहीबार मन्त्रिषरिषदले भारत र चीनका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । १८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ, चीनका पनि राष्ट्रपति आउँदै छन् । निकटत छिमेकीको, ठूला पाहुनाप्रति आत्मीयता देखाउन पनि खोजिएको हो ।

सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णयबारे सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले भने, “१८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ, चीनका पनि राष्ट्रपति आउँदै हुनुहुन्छ। निकटत छिमेकीको, ठूला पाहुनाप्रति आत्मीयता देखाउन पनि खोजिएको हो ।

तर सामाजिक सञ्जालमा सरकारको उक्त निर्णयको चर्को आलोचना भएको छ । पञ्चायतकालमा राजा विदेश जाँदा र फर्किँदा बिदा दिने चलन थियो । त्यस्तै राजा रानी र मुमा बडामहारानीका जन्मदिनमा बिदा दिइन्थ्यो । प्रजातन्त्र हुँदै राजतन्त्र मासेर गणतन्त्र स्थापना भइसक्दा पनि उच्च पदमा पुग्ने राजनीतिकर्मीको मानसिकता परिवर्तन हुन नसकेको भन्दै चौतर्फी आलोचना भएको छ ।

Pranab Mukarji

विशेष