ताजा खबर विदेश News

लिबियामा डुंगा दुर्घटना ९० जना बेपत्ता

लिबियामा डुंगा दुर्घटना ९० जना बेपत्ता

libbiya कात्तिक १२ । लिबियामा आप्रवासी चढेको डुंगा तटीय क्षेत्रमा दुर्घटना हुदाँ ९० जना भन्दा धेरै वेपत्ता भएका छन् । लिबियाली तटीय गार्डले डुंगा दुर्घटना भएको जानकारी दिएका हुन् ।

उनका अनुसार डुंगामा एक सय १९ जना सवार थिए । त्यसमध्ये २९ जनालाई उद्धार गरिएको छ । हराएकाहरुको खोजी भइरहेको छ । लिबियाको राजधानी त्रिपोलीबाट ५० किलोमिटर पूर्वमा रहेको तटीय क्षेत्रबाट डुंगा छुटेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघ शरणार्थी उच्च आयोगका अनुसार सन् २०१६ मा आप्रवासी सवार डंगा दुर्घटनामा तीन हजार सात सय ४० जनाको ज्यान गइसकेको छ

Libiya

विशेष