ताजा खबर विदेश News

आईएसको यौनदासीले पाए अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार

आईएसको यौनदासीले पाए अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार

puraskar कात्तिक १२ । युरोपको शीर्ष सखारोव मानवअधिकार पुरस्कार इस्लामिक स्टेट आईएसको यौनदासीबाट भाग्न सफल भएकी इराकी महिलालाई दिइएको छ ।

इराकी महिला नादिया मुराद बसी र आमिया अजी बशरलाई आइएसले सन् २०१४ मा यौनदासीका रुपमा अपहरण गरी कब्जामा राखेका थिए । तर उनीहरु यौनदासीबाट भाग्न सफल भएकी थिइन् । त्यसपछि उनीहरुले ती महिलाको पक्षमा अभियान सञ्चालन गरेका थिए । उक्त अभियानको कदर गर्दै ती दुई महिलालाई पुरस्कार दिइएको जनाइएको छ ।

मुराद अपरणमा पर्ने बेला १९ वर्षकी थिइन् । आइएसद्धारा उनी माथि अमानवीय अत्याचार र बलात्कार भएको थियो । उनी भाग्न सफल भएपछि उनका आमा र भाईलाई उनले गुमाएकी छिन् ।

त्यस्तै अर्की लामिया अजी बशर पनि अपरणमा पर्ने बेला १६ वर्षकी थिइन् । उनीहरु करिव २० महिना आइएसको कब्जामा रहेको र धेरै पटक भाग्ने प्रसायपछि उनीहरु भाग्न सफल भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

International Human Right

विशेष