विदेश

लिंगमा फलामे ‘रिङ’ अड्केपछि नटबल्टु काट्ने औजारले काटेर निकालियो

लिंगमा फलामे ‘रिङ’ अड्केपछि नटबल्टु काट्ने औजारले काटेर निकालियो

39a19c8c00000578-0-image-a-26_1477218601907एजेन्सी– थाइल्याण्डमा ३० वर्षका एक व्यक्ति फालमे रिङसँग यौनक्रियाकलाप गर्दा आपतमा परेका छन् ।

उनले रिङलाई आफ्नो लिंगमा पसाए । लिंग उत्तेजित भएपछि रिङले लिंगलाई पीडा दिन थाल्यो । उनले हतार हतार नजिकैको अस्पतालमा आपतकालीन सहयोगका लागि फोन गरे । एम्बुलेन्सले उनलाई अस्पताल लिएर गयो । अस्पतालका चिकित्सकहरुसँग त्यस्तो रिङ काट्ने औजार थिएन ।

 39a19cd400000578-0-image-m-25_1477218560396

त्यसपछि अस्पतालले फलाम काट्ने पेशा भएका मानिसहरुलाई बोलायो । ती मानिसहरुले नटबल्टु काट्ने दुई फुट लामो औजार लिएर आए । अनि उनको फलामे रिङ काटेर लिंगलाई पीडाबाट मुक्त गरिदिए ।  चिकित्सकहरुले त्यो रिङ निकाल्न केही लुब्रिकेन्टहरु पनि प्रयोग गरेका थिए । ताकि चिप्लो भएर रिङ निस्कियोस् । तर त्यसबाट केही फाइदा भएन । चिकित्सकहरुले यो कामकालागि तीन घण्टा खर्चिए । ह्याक्सो ब्लेटले काटेर पनि रिङ निकाल्न खोजिएको थियो । तर त्यो मोटो धातुले बनेको रिङलाई काटन सकिएन ।

प्राप्त समाचारमा ती व्यक्तिको नाम खुलाइएको छैन । रिङ निकालिसकेपछि चिकित्सकले भने, ‘मलाई लाग्दैन कि अब रिङसँग सेक्सी क्रियाकलाप उनले दोहोर्याउँनेछन् ।’

विशेष