News समाज

प्रधानमन्त्रीका भाई प्रशासनिक सल्लाहकारमा नियुक्त

प्रधानमन्त्रीका भाई प्रशासनिक सल्लाहकारमा नियुक्त

narayan-dahal कात्तिक १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रशासनिक सल्लाहकारमा भाइ नारायण दाहाललाई नियुक्त गरेका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले दाहाललाई नियुक्त गरेको हो । दाहाल माओवादीका नेता एवं प्रचण्डका काकाका छोरा हुन् । प्रचण्डको स्वकीय सचिवमा छोरा प्रकाश दाहाल छन् ।

चितवनका पूर्व सभासद समेत रहेका नारायण दाहालले नियुक्ति अघि नै सरकारका काम कारबाहीमा हस्तक्षेपकारी भूमिका खेल्दै आएका थिए ।

स्थानीय विकास मन्त्रालयले गरेको एलडीओहरुको सरुवामा हस्तक्षेप गर्न दाहालको टोली पुगेको थियो । नारायण दाहालले भने प्रचण्डसँगको सम्वन्धका कारण आफूलाई आरोप लाग्ने गरेको गुनासो गर्दै आएका छन् ।

Narayan Dahal

विशेष