ताजा खबर राजनीति News

नारायणकाजी श्रेष्ठको कडा टिप्पणीः राष्ट्रपतिको भ्रमणमा बिदा दिने सरकारी निर्णय हास्यास्पद

नारायणकाजी श्रेष्ठको कडा टिप्पणीः राष्ट्रपतिको भ्रमणमा बिदा दिने सरकारी निर्णय हास्यास्पद

narayan-kaji कात्तिक १२ । नेकपा माओवादी केन्द्रका दोस्रो बरियताका नेता नारायणकाजी श्रेष्ठले भारतीय राष्ट्रपतिको भ्रमणका दिन सरकारी बिदा दिने सरकारको निर्णयलाई हास्यास्पद भनेका छन् ।

सामाजिक संजालमा उनले गरेको पोष्ट सरकारप्रति भारी पर्ने देखिएको छ । उनले सो निर्णय गलत र हास्यास्पद् रहेको भन्दै आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कटाक्ष गरेका हुन् । चीन र भारतका राष्ट्रपति आउदा बिदा दिने कुरा गलतमात्रै नभइ हास्यास्पद् रहेको श्रेष्ठले टिप्पणी गरेका हुन् । उनको टिप्पणीलाई अर्थपूर्णरुपमा लिइएको छ ।

Narayn Kaji Shresth

विशेष