अष्ट्रेलियामा एक भारतीय ड्राइभरलाई जिउँदै जलाइयोे
कात्तिक—१२ । अष्ट्रेलियाको ब्रिम्बेन सहरमा एक भारतीय मूलका ड्राइभरलाई यात्रीले ज्वलनशील पदार्थ फ्याँक्दा उनको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा २९ वर्षीय मनमीत अलीशेर रहेका छन् ।
बसमा बसेका छ जना यात्रीहरु सुरक्षित बाहिर निक्लन सफल भएका छन् भने ११ जना यात्रीलाई अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले घटनाको शकामा ४८ वर्षका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
मनमीत भारतका मानिसहरुमाझ एक गायक तथा डान्सरको रुपमा परिचित रहेका छन् । मनमीतका साथीहरुका अनुसार उनी सामान्य तथा सोझो व्यक्ति थिए । उनको इन्गेजमेन्ट भएको थियो भने उनको विवहा हुन बाँकी रहेको थियो ।
प्रहरी निरिक्षक जिम कियोका अनुसार उनले देखेको अपराध तथा घटना मध्ये यो एकदमै अनौठो घटना हो । उनले भने,‘मैले कैयौ प्रकारको अपराध देखे तर यो एकदमै अनौठौ कुरा देखिएको छ की बिना कारण एक व्यक्तिलाई त्यतिकै जलाइयो । ’
उनले थपे,‘ एक बस ड्राइभर जो आफ्नो काम इमान्दारीका साथ काम गर्दछ । आफ्नो परिवार र आफ्नो समुदायलाई मदत गर्दछ । उसको जिन्दगी यस किसिमले लिएको छ यो एकदमै लाजमर्दाे कुरा हो । ’
austareliyama
Driver
India