विदेश

आइएसका आठ सय लडाकु मारिएको अमेरिकी सेनाकाे दाबी

आइएसका आठ सय लडाकु मारिएको अमेरिकी सेनाकाे दाबी
कात्तिक–१२ । इराकको उत्तरी क्षेत्रमा रहेका आइएस संगठनका आठ सय लडाकु अमेरिकी सेनाले मारेको दाबी गरेको छ । अमेरिकी सेनाका अनुसार आइएसको गढको रुपमा रहेको मकसद मोसुलमा ११ दिन पहिला देखि सुरु गरिएको कारबाहीमा आइएसले सो ठाउँ छोडेको छ । अमेरिकाले गरेको यस कारबाहीमा इराकी सरकार तथाकुर्द सैनिकले समर्थन गरेका छन् । अमेरिकी जनरल जोसेफ वोटल एएफपीसँग भनेका छन् ‘मोसुल सहरमा डेढ हप्तापहिले सुरु गरेको कारबाहीमा आठ सयदेखि नौ सय आइएस लडाकु मारिए, अब यो अभियान मोसुलको आसपास तथा तेज सहर केन्द्रीत हुन्छ ।’ अमेरिकी सेनाकाअनुसार मोसुलमा आइएस लडाकुको संख्या ३५ सयदेखि ५हजार सम्म छ । - एएफपी

american army Is

विशेष