News

कामपाले एक हजार बढी सौर्यबत्ती जडान गर्ने

कामपाले एक हजार बढी सौर्यबत्ती जडान गर्ने
कात्तिक - १२ । आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले कामपाले सडकमा एक हजार सात सय ८२ सौर्यबत्ती जडान गर्ने भएको छ । आगामी आइतबार लक्ष्मीपूजामा कामपाका ३५ वटै वडामा बत्ती राख्ने तयारी पूरा भइसकेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । त्यसका लागि कामपाले सबै सडकमा खम्बा राखेर बत्ती पनि जडान गरिसकेको छ । रु २० करोड लागतमा राख्न लागिएको सौर्यबत्तीको कुल लागतमध्ये ६० प्रतिशत सरकारी अनुदान, १५ प्रतिशत स्थानीय र २५ प्रतिशत कामपाले लगानी गर्नेछन् ।

solar system in ktm

विशेष