प्रहरीद्वारा सचेतना अभियान सुरु

कात्तिक - १२ । चाडपर्वका अवसरमा हुन सक्ने चोरी लुटपाटजस्ता कार्य नियन्त्रण गर्न नेपाल प्रहरीले स्थानीय बासिन्दालाई माइकद्वारा सचेत गराउने अभियान सुरु गरेको छ ।
जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार घरमा धनमाल सुरक्षित राखी घर बाहिर जाँदा छिमेकीलाई समेत जानकारी दिन, जुवातास नखेल्न, मादक पदार्थ सेवन नगर्न, पटाका नपड्काउन र बिक्री वितरण एवम् ओसारपसार नगर्न नागरिकलाईसचेत गराउने कार्य अगाडि बढाइएको हो । उनले जिउज्यानको सुरक्षाका लागि हेलमेट लगाएर मात्र मोटरसाइकल चढ्न र मापसे गरी सवारी साधन नचलाउन आग्रह गरे।
awareness program
Nepal Police