विदेश

इजिप्टमा बाढीले बगाइर १२ जनाको मृत्यु

इजिप्टमा बाढीले बगाइर १२ जनाको मृत्यु
कात्तिक - १२ । इजिप्टका विभिन्न भूभागमा आएको व्यापक वर्षापछि नदीमा आएको बाढीका कारण शुक्रबार कम्तिमा १२ जनाको मृत्यु भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बाढीपछि बढेर आएको खहरे खोला तर्ने क्रममा एक बसलाई बगाउँदा शुक्रबार एकै ठाउँमा छ जनाको मृत्यु भएको छ । त्यसैगरी चार जना मृत्यु पूर्वी क्षेत्र रेडसी प्रान्तमा भएको छ। बृहद् वर्षापछि इजिप्टका नदी तथा खोलाहरु उर्लेर आएपछि कतिपय नदी किनारामा रहेका बस्तीहरु डुबानमा परेका छन्। इजिप्टमा शीतकालीन समय सुरु हुनुभन्दा पहिले पर्ने वर्षाका कारण हरेक वर्ष यहाँको जनजीवन नराम्ररी प्रभावित हुने गर्दछ। जसका कारण नदी किनारमा निर्माण भएका गरिब बस्तीमा बसोबास गर्ने दर्जनौं मानिसले डुबान तथा बाढीमा परी ज्यान गुमाउने गरेका छन् । - एएफपी

Egypt

विशेष