देश News

धनकुटामा जिप दुर्घटना, दुईको मृत्यु सात घाइते

धनकुटामा जिप दुर्घटना, दुईको मृत्यु सात घाइते
कात्तिक – १३ । धन्कुटाको छिन्ताङ जीप दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटना शुक्रबार साँझ करिब ७ बजे भएको हो । मृत्यु हुनेमा भोजपुरका ५५ बर्षिय पृथ्वीमान राई र सुनसरीकी ४५ बर्षिया सुशिला श्रेष्ठ रहेका छन् । घाइतेहरुको भने बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ । धनकुटाको छिन्ताङ्ग ८ स्थित सिम्लेमा, हिले बाट भोजपुरको घोरेटार तर्फ जाँदै गरेको को १ ज २७२२ नम्बरको पिकअप जीप ब्रेक फेल भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय छिन्ताङ्गले जानकारी दिएको छ । जीप सडकबाट करिब ७० मिटर तल खसेको थियो । दुर्घटनामा संलग्न चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

road accident in dhankuta

विशेष