विदेश

विषाक्त मदिरा सेवनबाट कम्तीमा ११ काे मृत्यु

विषाक्त मदिरा सेवनबाट कम्तीमा ११ काे मृत्यु
कार्तिक - १३  । पाकिस्तानको मध्ये प्रान्त पञ्जावको झेलुम जिल्लामा विषाक्त मदिरा सेवनबाट कम्तीमा ११ व्यक्तिको मृत्यु भएको समाचार छ ।क्रिश्चियन समूदायको बलियो पकड रहेको यस स्थानमा शुक्रबार भएको एक पार्टीमा सो घटना भएको थियो । पाकिस्तानको राजधानी इस्लामाबादबाट करिब १२६ किलोमिटर पूर्वमा अवस्थित यस जिल्लामा शुक्रबार राति एक पार्टीमा मदिरा सेवन गरेका तीन व्यक्ति सख्त विरामी भएका र उनीहरु अस्पतालमा उपचार भइरहेको भएतापनि स्थिति भने गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ११ व्यक्तिको शवलाई उनीहरुका आफन्तलाई बुझाइएको र अन्य तीन जनाको अवस्था अझै चिन्ताजनक भएको झेलुृम प्रान्तका वरिष्ठ प्रहरी अधिकारी आसिफ नवाजले बताएका छन् । नवाजका अनुसार क्रिश्चिन समूदायका नै युवकहरु यस घटनाको शिकार भएका छन् ।

Alcohol Pakistan

विशेष