दुई लाखवटा माला भारतबाट ल्याउँदा एक करोड गयो

कात्तिक १४ । तिहारमा फूलको मालाको अत्यधिक माग हुन्छ । तर त्यो माग नेपालको फूलले धान्न सक्दैन । यो वर्षको तिहारमा भारतबाट २ लाख गोटा सयपत्री फूलको माला आयात गरिएको छ । उक्त मालाको मुल्य भारतबाट निर्यात हुदाँ १ करोड रुपैयाँ बराबर परेको छ । मालाको थोक उपभोत्ता मुल्य ५० रुपैयाँ निर्धारित गरिएको छ भने खुद्रामा सय रुपैयाँसम्ममा बिक्री भईरहेको छ ।
नेपालमा तिहारको अवसरमा ११ लाख गोटा सयपत्री फूलको माला माग हुने अनुमान गरिएको छ । त्यसैले नेपालमा नपुग मालाहरु भारतबाट ल्याईन्छ ।
भाईटिकाको दिन अत्यधिक खपत हुने मखमलीको माला पनि करिब २ लाख गोटाको हाराहारीमा कारोबार हुन्छ । मखमली फूलमा नेपाल आत्मनिर्भर भएकाले यो फूल अन्यदेशबाट आयात गर्नु पर्दैन । यसपटक यो फूलको मालालाई ६० रुपैया प्रतिगोटा तोकिएको छ । तिहारको समयमा यो फूलको मालाको १ करोड ६० लाख बराबरको बिक्रि हुन्छ ।