सवारी दुर्घटनामा २ को मृत्यु
कात्तिक १४ । भक्तपुर र गोरखामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
अरनिको सडकखण्डअन्तर्गत भक्तपुर सूर्य्विनायक नगरपालिका(६ स्थित बनेपाबाट काठमाडौं जाँदै गरेको बा ३ ख ७४७६ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा बा १३ प ४२८३ नम्बरको मोटरसाइकल चालक बागटोल–५ बस्ने खोटाङका १९ वर्षीय रोशनकुमार खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट सख्त घाइते खत्रीको उपचारको क्रममा आइतबार बिहान मध्यपुर अस्पताल ठिमीमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईंले बताए ।
मोटरसाइकल, ठक्कर दिने बस, बसका चालक पनौती काभ्रेका ३६ वर्षीय राजकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको उनले बताए ।
यस्तै, गोरखाको फुजेलबाट सदरमुकामतर्फ आउँदै गरेको ग १ ख २७८६ नम्बरको बसको ढोकाबाट बुङ्कोट(२ स्थित लाखेडाँडामा आइतबार बिहान खसेर सहचालकको मृत्यु भएको छ । फुजेल(२ का १७ वर्षीय सहचालक विकास परियारको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
बसको ढोकाबाट खसेर घाइते भएका परियारलाई उपचारका गोरखा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको ट्राफिक प्रमुख मिनबहादुर कुँबरले जानकारी दिए
Bhaktapur
ccident
Gorkha
mirtue