विदेश

इटालीमा दुई महिना भित्रै दुई शक्तिशाली भूकम्प

इटालीमा दुई महिना भित्रै दुई शक्तिशाली भूकम्प
कात्तिक - १४ । इटालीमा दुई महिनाभित्रमा दुई वटा ठूलो भूकम्प गएका छन् । गत अगष्टमा ६.६ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो । त्यो बेला तीन सय ब्यक्तिको मृत्यु भएको थियो । italy-earthquake-1 त्यस्तै आइतबार पनि अघिल्लो भूकम्पको धक्का भन्दा पनि ठूलो धक्का महसुस गरिएको अन्तर्राष्टिय संचार माध्यमहरुले बताएका छन् । आइतबार ७.१ को अनुमान गरिएको छ । यसको धक्काले इटालीको राजधानी रोमका साथै भेनिस सहरलाई पनि हल्लाइदिएको छ । अमेरिकी भुर्गभ विदहरुका अनुसार क्षेत्रिय केन्द्रदेखि ६८ किलोमिटर उत्तर पश्चिम पेरुगिया र नजिकै रहेको सानो सहर नेरोसियामा भूकम्पको केन्द्र बिन्दु रहेको बताएका छन् । अन्तर्राष्टिय बेनेडिक्टेनी समुदायको गुम्बा सान बेनेमभटोमा रहेका भिक्षुहरुले ट्वीटरमा बेनेडिक्ट र बासिलिकमा भएको क्षतीको फोटोहरु अपलोड गरेका छन् । italy-earthquake2 भिक्षुहरु सबै सुरक्षित छौँ, तर मन विचल्लित भएको छ । यहाँबाट तुरुन्तै जाने अवस्था छैन र यहाँ आवश्यक खोजि कार्य भइरहेको छ । https://twitter.com/Christianarcheo/status/792644532940705792 भूकम्प स्थानीय समय अनुसार ७ बजेर ४० मिनेटमा गएको एपीले बताएको छ । उसिटाका मेयर बताए अनुसार त्यहाँका धेरै भवनहरुमा क्षती पुगेको छ । धेरै भवनहरु भत्किएका छन् । https://twitter.com/Christianarcheo/status/792648691144388608 स्थानीय समाचार संस्थालाई मेयरले भने यहाँका सबै घरहरु भत्किएका छन्, सहर सबै धुलो र धु्ँवाले भरिएको छ । मानिसहरु गाडीमा सुतिरहेका छन् । त्यहाँका एतिहासिक भवनहरु र केही पुराना चर्चहरु पूर्ण रुपले क्षति भएका छन् । एमाट्रिक सहर पनि प्रभावित भएको छ । यो सहरमा अगष्टमा पनि धेरै क्षति भएको थियो ।

ChristianArchaeology earthquake in Italy Italy

विशेष