News

बालुवाटारमा प्रचण्ड छमछमी नाचेपछि...

बालुवाटारमा प्रचण्ड छमछमी नाचेपछि...
कात्तिक १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संविधान संशोधन गर्न तयार भइसकेको दाबी गरेका छन् । दिपावलीको अवसरमा आइतबार बालुवाटारमा देउसी खेल्न पुगेका पत्रकारहरुको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले एमालेसँगको तिक्तता अन्त्य भएको बताए । prachanda उनले मधेसी मोर्चालगायत असन्तुष्ट पक्षको माग सम्बोधन हुनेगरी संविधान संसोधन गर्न एमाले सहमत भएको दाबी गरे । प्रधानमन्त्री प्रचण्डले दलीय सहमतिमा संविधान संशोधन गरी त्यसको स्वीकार्यतालाई फराकिलो पार्न सरकार लागि परेको बताए । उनले आफू प्रधानमन्त्री निर्वा्चित हुँदा धु्रविकरण बढे पनि निरन्तर संवाद र छलफल गरेकाले दलहरूसँगको सहमतिको वातावरण तयार भएको चर्चा गरे । उनले तीनै तहको निर्वाचन गरेर विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दे संविधान कार्यान्वयनको बाटोमा हिड्ने विषय नै सरकार र दलहरुको केन्द्रविन्दुमा रहेको बताए । प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन र पुननिर्माणको काम सम्पन्न गर्न सबै दलहरु एकमत भएर अघि नबढे मुलुकमा गम्भीर समस्या आउनसक्ने चेतावनी पनि दिए । देउसीमा प्रधानमन्त्री प्रचण्ड पत्रकारसँगै नाचेका थिए ।

Baluwatar pm pushapa kamal dahal pm pushpa ka

विशेष