News

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु
कात्तिक १४ । मोरङको पथरीशनिश्चरे–१ स्थित भित्री सडकखण्डमा आज अपराह्न मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। Scene of a car crash अपराह्न २स्४५ बजेतिर दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को ५ प ३८४१ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक सङ्खुवासभा खाँदबारी बस्ने २९ वर्षीय खगेन्द्र भण्डारीको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीको उपचारका लागि पथरी अस्पतालतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए।

acident Morang

विशेष