News

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कात्तिक - १४ । भक्तपुरको सुर्यविनायकमा बसले माेटरसाइकलाई ठक्कर दिदा एककाे मृत्यु भएकाे छ । माेटरसाइकल चालक १९ वर्षीय राेशन कुमार खत्रीकाे मृत्यु भएकाे हाे । अाइतरबार बिहान करिब छ बजे भएकाे उक्त घटनामा बा ३ ख ७४ ७६ नम्बरको बसले बा १३ प ४२८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे थियाे । बसकाे ठक्करबाट गम्भीर घाइते भएका माेटरसाइलक चालककाे उपचारका क्रममा मध्यपुर अस्पताल ठिमीमा मृत्यु भएको ठिमी प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालकलाई महानगरीय प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको छ ।

road accident Sury binayak Thimi

विशेष