News

म क्यान्सरको सङ्क्रमणबाट मुक्त भएँः पूर्वराष्ट्रपति यादव

म क्यान्सरको सङ्क्रमणबाट मुक्त भएँः पूर्वराष्ट्रपति यादव
समाचार 
कात्तिक - १६ ।  पूर्व राष्ट्रपति डा रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको भन्दै आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। rambaran आइतबार रासससँगको संक्षिप्त कुराकानीको क्रममा डा यादवले भने–मेरो उपचारमा संलग्न चिकित्सक, सहयोग गर्ने नेपाल सरकारका निकाय, अमेरिकास्थित नेपाली दूतावास र अमेरिकामा रहेका नेपाली समुदायको सद्भावको कारणले मेरो रोग निराकरण भएको छ। अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरदेखि उपचारका लागि भर्ना भएका यादवको डा मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको टोलीले रोवटिक सर्जरी विधि अपनाएर उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो। स्थानीय समय अनुसार आज साँझ नेपाल फर्किन लागेका यादवले शल्यक्रियापश्चात् सोही अस्पतालको अतिथि गृहमा आराम गरिरहेका छन्। 'उपचारको नियमित चेकजाँचको लागि ५-६ महिना पछि फेरि आउन चिकित्सकले भन्नुभएको छ, तर नियमित व्यायाम र सन्तुलित आहारले मेरो स्वास्थ्य सवल बन्ने विश्वास लिएको छुु' डा यादवले भने। कुराकानीको क्रममा पूर्व राष्ट्रपति डा यादवले भने, 'म नेपालीको महान् चाड तिहार, छठ र नेपाल संवत्को अवसरमा सबै नेपालीमा एकता मेलमिलाप र सद्भाव कायम गर्दे समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउन आफ्नो स्थानबाट सहयोग गर्न अपिल गर्दछु।' रासस

Rambaran Yadav

विशेष