समाचार
कात्तिक - १५ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणको तयारीका लागि काठमाडौँका मुख्य स्थल स्वागतद्वार र दुबै देशका राष्ट्रिय झन्डाले सजिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उहाँ सवार हुने मुख्य सहर, चोक, आवासस्थल र राजधानीका केन्द्रमा स्वागत तथा सजावट गरिएको हो । स्वागतद्वारमा अङ्ग्रेजीमा ‘भारतमा महामहिम राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालमा हार्दिक स्वागत छ’ लेखिएको छ । विमानस्थल, नयाँबानेश्वर, रामशाह पथ, शीतलनिवास, कालीमाटी, बौद्ध, गौशालालगायतका स्थानमा स्वागतद्वार बनाइएको छ ।
सहरमा सरसफाइ, रङ्गरोगन र ब्यानर राख्ने क्रम जारी छ । झन्डा राख्ने कामको संयोजन नेपाली सेनाको पल्टनले गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्दै छन्। रासस
Nepal India Relationship
Nepal-India