वल्ड/बंगलादेश
कार्तिक १६ - बंगलादेशमा फेसबुकमा पोष्ट गरिएको इस्लाम विरोधी सामग्रीका कारण हिन्दु मन्दिर र घर जलाइएको छ । बंगलादेशको ब्राह्मणबरिया जिल्लाको नासिरनगरमा हिन्दु समुदायको घर र मन्दिरलाई निशाना बनाइएको विविसीले जनाएको छ ।

अहिले सम्म कम्तिमा २० घरलाई आगो लगाइएको छ भने १० हिन्दु मन्दिरमा आगो लगाएर लुटपाट गरिएको छ । समाचारका अनुसार हिन्दु समुदायका कैयौ मानिसहरुलाई कुटपिट गरिएको छ । प्रहरीका अनुसार एक हिन्दु युवकले मुसलमानको पवित्र धर्म स्थल काबाको फोटो एडित गरेर त्यसमाथि हिन्दु देवता शिवको तस्विर राखेर फेसबुकमा पोष्ट गरेका थिए ।
प्रहरीले रासराज दास नाम गरेका युवकलाई पक्राउ गरेको छ । प्रहरीले युवकलाई पक्राउ गरेपनि स्थानीय मुस्लिम समुदायले हंगामा गरेका थिए ।
शनिबार यसै कारण नासिरनगरमा स्थानीय ए सुन्नत वाल जमातले आइतबार बन्द घोषणा गरेको थियो । प्रदर्शन भैरहेको ठाउ देखि आधा किलोमिटर टाढा रहेको हिन्दु बस्तीलाई निशाना बनाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हमलामा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।
bangladesh
Fecebook status