विदेश

साउदी अरबका अर्थमन्त्री बर्खास्त

साउदी अरबका अर्थमन्त्री बर्खास्त
वल्ड/रियाद

saudi-arab

कात्तिक - १६ । साउदी नरेश सल्मान विन अब्दुलाजिज अल साउदले अर्थमन्त्रीलाई बर्खास्त गरेका छन् । खस्किदो अर्थतन्त्र र तेलको गिरावटलाई उकास्न मन्त्री र उच्च अधिकारीको तलव घटाउने जस्ता कडा निर्णयका बाबजुद देखा परेका जटिलताको प्रतिक्रियाका रुपमा नरेशबाट उक्त कदम चालिएको बताइएको छ । शाही आदेशले तत्कालिन अर्थमन्त्री इब्राहिम अल असफलाई वित्त बजार निगमका अध्यक्ष मोहम्मद अल जदानलाई राज्यमन्त्रीका रुपमा पुन नियुक्त गरेको छ । सोही आदेशले खाद्य तथा औषधी प्राधिकरण एवं सार्वजनिक यातायात प्राधिकरण जस्ता प्रमुख संस्थाका प्रमुखहरुलाई समेत बर्खास्त गरेको छ । रासस/सिन्ह्वा

saudi

विशेष