News

राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्रलाई टीका लगाइदिइन्

राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्रलाई टीका लगाइदिइन्
समाचार/काठमाडौँ

rastrapati

कात्तिक - १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् । भाइ पुजन एवम् टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा भएको थियो । सो अवसरमा भाइ डेगेन्द्रलाई अरु दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेले पनि टीका लगाई दिएका थिए ।

राष्ट्रपति भण्डारीले भनिन्, 'सबैको सुखशान्ति भएमात्र देशको समृद्धि हुन्छ ।'


साथै, भाइ डेगेन्द्र पाण्डेले पनि सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेलाई टीका तथा माला लगाई पूजा गरेका थिए । भाइलाई टीका लगाइदिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपतिले सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन् । राष्ट्रपति भण्डारीले भनिन्, 'सबैको सुखशान्ति भएमात्र देशको समृद्धि हुन्छ ।' मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन महत्वपूर्ण भएको बताउनुहुँदै राष्ट्रपति भण्डारीले यसका लागि सबै पक्ष मिलेर स्थानीय, प्रान्तीय र राष्ट्रिय निर्वाचन गराउनु जरुरी भएकाले चाँडोभन्दा चाँडो सबै मिलेर निर्वाचन गराउनुपर्नेमा जोड दिइन् ।

Bhai tika Bidhya debi vandari Tihar ko tika

विशेष