News

यसरी गरियाे भारतीय राष्ट्रपति भ्रमणको सवारी पूर्वाभ्यास

यसरी गरियाे भारतीय राष्ट्रपति भ्रमणको सवारी पूर्वाभ्यास
समाचार/काठमाडाैँ 

[caption id="attachment_36237" align="alignnone" width="950"]purb-abhyash रासस[/caption]
कात्तिक – १६ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका लागि सवारी आवागमनको पुर्व अभ्यास आज गरिएको छ । आजको सवारी पुर्व अभ्यासको क्रममा २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकलको प्रयोग गरिएको थियो । नेपाली सेनाको मुख्यालय भद्रकालीबाट सुरु भएको सवारी पुर्वअभ्यास सोल्टी होटल पुगी पुनः प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आएको थियो । राष्ट्रिय सभागृहबाट लैनचौरस्थित भारतीय दुतावास तथा लैनचौरमै रहेको रेडिसन होटल पुगी राष्ट्रपति कार्यालय, शितलनिवासमा पूर्व अभ्यास सवारी चलाइएको थियो ।


पुर्व अभ्यास सवारी शितलनिवासबाट बत्तिसपुतलीस्थित होटल द्वारीकाज पुगी पशुपति मन्दिरसम्म गएको थियो । पशुपति मन्दिरबाट राष्ट्रपति मुखर्जी बस्ने भनिएको बौद्धस्थित होटल हायात पुगी आजको सवारी पुर्व अभ्यास समापन भएको थियो । सवारीको क्रममा राष्ट्रपति मुखर्जीको अघिपछि सुरक्षा निकायको सवारी साधनको स्कर्टिङ, सञ्चार सम्बन्ध बिच्छेद गरिदिने जामर सहितको गाडी तथा एम्बुलेन्स लगायतको व्यवस्था गरिनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले राष्ट्रपति मुखर्जी पुग्ने स्थानहरुमा आज सवारी आवागमनको पुर्व अभ्यास गरिएको जानकारी दिए । सवारी पूर्व अभ्यासका कारण केही समय सवारी अवरोध हुँदा तिहारमा टीका लगाउन हिँडेका सर्वसाधारणले कठिनाई भोग्नु परेको थियो । तिहारका कारण सडकमा कम सवारी गुडेकाले अन्य समयजस्तो लामो जाम भने सर्वसाधारणले भोग्नु परेन । भ्रमणको क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनका विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । रासस
 

barabes mukharjee Bharatiya rastra pati Nepali Sena

विशेष