विदेश

सिरियामा विद्रोहीको आक्रमणमा ८४ सर्वसाधारणको मृत्यु, २८० घाइते

सिरियामा विद्रोहीको आक्रमणमा ८४ सर्वसाधारणको मृत्यु, २८० घाइते
वल्ड/सिरिया

कात्तिक - १६ । सिरियाको उत्तरी सहर अलेप्पोमा विद्रोहीद्वारा गरिएको आक्रमणमा कम्तीमा ८४ जनाको मृत्यु भएको र २८० सर्वसाधारण घाइते भएको सिरियाली सेनाले बताएको छ । सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा विद्रोहीले सयभन्दा बढी तोप आक्रमण, ५० ग्रेड मिसाइल र बीस वटा विस्फोटक पदार्थ भरिएका सिलिण्डरले सरकार नियन्त्रित क्षेत्रमा आक्रमण गरेपछि यति ठूलो मात्रामा हताहति भएको सिरियाली सरकारी समाचार संस्था साना न्यूज एजेन्सीले जनाएको छ । सेनाले विद्रोहीद्वारा सैनिक विद्यालयमा गरिएको ग्यास आक्रमणका कारण ४८ जना घाइते भएका र उनीहरुलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ । पछिल्ला तीन दिनमा एलेप्लोमा चार वर्षयताकै भीषण भीडन्त भएको कुरा बेलायतस्थित सिरियाली मावन अधिकारवादी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स)ले दाबी गरेको छ । पहिले विद्रोहीको कब्जामा रहेको तर पछिल्लो समय सरकारी सेनाले नियन्त्रणमा लिएका क्षेत्रहरुबाट सेनाको पकड हटाउने उद्देश्यका साथ विद्रोहीले भीषण आक्रणम गरेको बुझिएको छ । हालैका दिनमा विद्रोहीहरुले असद र मेनानमा कब्जा जमाए पनि मेनान क्षेत्र भने पुनः सेनाको अधिनमा आएको छ ।  सिन्ह्वा

Syria War

विशेष