News

सडक दुर्घटनामा दुईकाे मृत्यु, एक घाइते

सडक दुर्घटनामा दुईकाे मृत्यु, एक घाइते
देश/काठमाडाैँ 

कात्तिक - १६ । झापामा बसको ठक्करबाट १ जनाको मृ्त्यु भएकाे छ । कन्काइ नगरपालिका २ का ६५ वर्षीय दिल बहादुर तामाङकाे मृत्यु भएकाे हाे । मंगलबार दिउसाे करिब १ बजे झापाकाे धाेइजन ६ कालिझाेडा जंगलस्थित दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । ग१ख ४४५६ नम्बरकाे बसकाे ठक्करबाट गम्भीर घाइते भएका तामाङकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । उनलाई उपचारका लागि बिएनसी अस्पताल बिर्तामाेड ल्याइएकाे थियाे । दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै आज विहान करिब ५ बजे बाँकेको बनकटुवा-७ रंगिला चोकमा नमस्ते यातायात समितीको भे १ ज ६९६ नम्बरको माइक्रोको ठक्करबाट साइकलमा सवारकाे मृत्यु भएकाे छ । कोहलपुर-१० की १८ वर्षीया रचना शाहीको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।माइक्रोको ठक्करबाट गम्भीर घाइते भएकी शाहीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँका सन्देश कुवँरलाई थप उपचारको लागि भारतको लखनउ पठाइएको छ । दुर्घटना पश्चात ठक्कर दिने सवारी साधनका चालक फरार रहेकाले खोजी भैरहेको बाँके प्रहरीले जानकारी दिएको छ ।    

road accident in Banke Road Accident in Jhapa

विशेष