ताजा खबर राजनीति News

गृहमन्त्री निधि दिल्लीमा

गृहमन्त्री निधि दिल्लीमा

कात्तिक १७ । विपत जोखिम न्यूनीकरण सम्बन्धी एसियाली देशहरुको सम्मेलनमा भाग लिन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि नयाँ दिल्ली पुगेका छन् । निधि मंगलबार साँझ दिल्ली पुगेका हुन् । सो कार्यक्रम बिहिबारबाट सुरु हुने छ ।

उद्घाटनको दिन सहभागी भएर आफू काठमाडौं फर्कने निधिले बताएका छन् । सो सम्मेलनमा झण्डै ६१ देशका विपत् व्यवस्थापन हेर्ने मन्त्री तथा अधिकारीहको सहभागिता रहने छ ।

सो सम्मेलनमा विपत न्यूनीकरण सम्बन्धी फ्रेमवर्क कार्यान्वयनका विषयमा कुराकानी हुने छ । भारतले विपत व्यपस्थापनमा आफूले गरेका काम तथा प्रयासबारे जानकारी गराउने छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यक्रमको उद्घाटन गर्ने छन् ।

Bimalendra Nidhi

विशेष