खेल ताजा खबर News

विश्व कप फुटबलको ट्रफी निर्माताको निधन

विश्व कप फुटबलको ट्रफी निर्माताको निधन

कात्तिक १७ । विश्व कप फुटबलको ट्रफीका निर्माता सिल्भियो गाजानिगाको निधन भएको छ । विश्व कप फुटबलको ट्रफीको डिजाइन र निमार्ण गरेका गाजानिगाको ९५ वर्षको उमेरमा इटालीको मिलानमा रहेको घरमा निधन भएको हो ।

मिस्टर कपको रुपमा चिनिने गाजानिगाले युइएफए कप तथा युइएफए सुपर कपको ट्रफीको डिजाइन गरेका हुन् ।  गाजानिगाले सन् १९७० मा ब्राजिलले तेस्रो पटक उपाधि जितेर जुलेस रिमेट कप राख्न पाउने अधिकार पाएपछि अहिले रहेको ६ किलोको विश्व कप ट्रफी बनाएका हुन् । फिफाले नयाँ ट्रफीका लागि ५३ वटा प्रस्ताव पाएकोमा गाजानिगाले बनाएको दुई खेलाडीले पृथ्वी उचालेको ट्रफीको डिजाइन छनौट भएको थियो । ट्रफीको तस्बिरको अधिकार फिफाले लिएको छ ।

विशेष